मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सलार २’ बारे नयाँ खुलासा, अप्रिलबाट सुटिङ सुरु हुने

काठमाडौँ – गत डिसेम्बरमा रिलिज भएको प्रभास स्टारर ‘सलार’ ले बक्सअसफिसमा धूम मच्चाएको थियो । आम दर्शकले निकै मन पराएको यो फिल्मको त्यति बेलैबाट सिक्वेलको माग हुँदै आएको छ ।

हुन त सलारमा प्रस्तुत भएको अधुरो कथावस्तुले नै यो अनुमान पनि लगाइएको थियो । यहीबीचमा यसको सिक्वेलबारे नयाँ खुलासा भएको छ ।

‘सलार २’ मा जोडिएका बवी सिम्हाले यसको सुटिङलाई लिएर नयाँ खुलासा गरेका हुन् । उनले एक अन्तरवार्ताका क्रममा आगामी अप्रिलबाट ‘सलार २’ सुटिङको तयारी भइरहेको बताएका हुन् ।

जसमा प्रभास नै मुख्य भूमिकामा देखिने छन् भने पहिलो भागले झैँ यो पनि ब्लकबष्टर साबित हुने आशामा निर्माण पक्ष छ । 

यस अघि सलारले विश्वभरबाट ६१७ करोड भारु कमाएको थियो । प्रभासका साथमा पृथ्वीराज सुकुमारन, श्रुति हसन, श्रिया रेड्डी जस्ता स्टारको भूमिका रहेको यो फिल्म अहिले ओटीटीमा हेर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?