मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दैनिक एक चम्चा मह खानुहोस्, मिल्नेछ यति धेरै लाभ

मह हाम्रो गाउँघरमा सहजै उपलब्ध हुने खानेकुरा हो । दैनिक बिहान खाली पेट एक चम्चा मह खाँदा शरीरलाई धेरै फाइदाहरू हुन्छन् ।

यो स्वादमा मिठो हुनुका साथै स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । विशेष गरी जाडो मौसममा यसलाई नियमित खाँदा अझ धेरै फाइदा हुन्छ ।

महमा कार्बोहाइड्रेट पाइन्छ जसले शरीरमा ऊर्जा बढाउने काम गर्छ । यस्तोमा जब तपाईँ सुस्त महसुस गर्नुहुन्छ महले तपाईँको शरीरमा ऊर्जा प्रदान गर्छ ।

महमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यसको अर्थ हो मह रगतमा बिस्तारै अब्जर्ब हुन्छ जसले ब्लड सुगर लेवललाई नियन्त्रण गर्न सहयोग गर्छ । साथमा महमा एन्टीअक्सीडेन्ट र फाइटोकेमिकल्स् हुन्छन् । यसले मेटाबोलिज्म बढाउँछ र तौल घटाउन सहयोग गर्छ ।

महमा ट्रिप्टोफेन पाइन्छ । यो एउटा क्यामिकल हो जसले शरीरमा सेरोटोनिनको उत्पादनमा सहयोग गर्छ । यसले निद्रालाई नियन्त्रण गर्न सकिन्छ ।

त्यसैले महको दैनिक सेवनले तपाईँको निद्रामा गुणात्मकता आउँछ र राम्रो निद्रा लाग्छ । मह स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक मानिन्छ । यसले तपाईँको छालामा प्राकृतिक चमक ल्याउँछ ।

छालाको रंग पनि सफा हुँदै जान्छ । त्यस्तै छालासँगै कपालका लागि पनि मह एकदमै लाभदायक हुन्छ । यसको नियमित सेवनले नै कपाललाई भित्रैदेखि फाइदा पुग्छ ।

एक चम्चा महको सेवनले खोकी तथा घाँटी दुख्ने जस्ता समस्याहरू हुँदैनन् । जसले गर्दा तपाईँ मौसमी सङ्क्रमणबाट जोगिन सक्नुहुन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?