मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब सगरमाथा आरोहीले ‘ट्र्याकिङ चिप्स’ भाडामा लिएर प्रयोग गर्नुपर्ने

काठमाडौँ – सगरमाथा आरोहणको नयाँ सिजन सुरु हुनुअघि नेपाल सरकारले महत्त्वपूर्ण नयाँ घोषणा गरेको छ । सरकारले सगरमाथा आरोहण गर्ने आरोहीले ‘ट्र्याकिङ चिप्स’ भाडामा लिएर प्रयोग गर्नुपर्ने घोषणा गरेको हो ।

यो घोषणाअनुसार पर्वतारोहीले ट्र्याकिङ चिप्सको प्रयोग गर्नु अनिवार्य हुनेछ । ‘रेपुटेड कम्पनीले पहिलादेखि नै ट्र्याकिङ चिप्सको प्रयोग गर्दै आइरहेका छन्,’ पर्यटन विभागका निर्देशक राकेश गुरुङले भने । यो नयाँ व्यवस्थासँगै सगरमाथा चढ्ने आरोही दुर्घटनामा परेमा खोजी र उद्धारमा सहज हुने विभागको भनाई छ ।

गुरुङका अनुसार पर्वतारोहीले ट्र्याकिङ चिप्सको प्रयोगका लागि प्रति चिप्स १० देखि १५ अमेरिकी डलर भाडा तिर्नुपर्नेछ । र, यो प्रकारको चिप्स आरोहीको ज्याकेटमा राखिनेछ । आरोही सगरमाथा चढेर फर्किएपछि चिप्स हटाइने छ र सरकारलाई बुझाइने छ । जुन, चिप्स आगामी सिजनमा पुनः आरोहीलाई भाडामा दिइनेछ ।

सरकारले भाडामा लाउने चिप्स ‘ग्लोबल पोजिसनिङ सिस्टम’ मा आधारित हुनेछ । र, यसले स्याटलाइटमार्फत आरोहीको सूचना अधिकारीहरूलाई पठाउनेछ । सरकारले भाडामा दिने चिप्सको उत्पादन युरोपियन मुलुकमा गरिएको हो । तर, कुन देशको कुन कम्पनीले बनाएको बारे नखुलाउने विभागको भनाई छ ।
नेपालबाट सगरमाथा आरोहणको अनुमति लिन एक ‘क्लाइम्बर’ लाई ११ हजार अमेरिकी डलर बुझाउनुपर्ने हुन्छ । यसमा ट्र्याकिङ चिप्स, गियर, खाना, अक्सिजन, शेर्पा गाइड लगायतको खर्च जोड्दा प्रतिव्यक्ति ३५ हजार अमेरिकी डलर लाग्छ । आरोहीले सगरमाथा चढ्न कम्तीमा एक महिनासम्मको समय लाग्न सक्छ ।

विश्वका १० उच्च शिखरमध्ये ८ नेपालमा पर्छन् । यसले हिमाली पर्यटनमा नेपाल विश्वव्यापी रूपमा उच्च स्थानमा छ । गत वर्ष ४७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो आफैँमा एक कीर्तिमान समेत हो । यीमध्ये १२ जना आरोहीको मृत्यु भएको थियो भने थप ५ जना हराइरहेको घोषणा सरकारले गरेको छ ।

यसले सगरमाथा आरोहणका क्रममा अधिकांश आरोहीको मृत्यु हुने र धेरैजसो हराउने गरेको देखिन्छ । यहि कारण, सगरमाथा आरोहणका क्रममा हुने दुर्घटना र हराएपछि खोजी र उद्धारमा सहजीकरणका लागि ट्र्याकिङ चिप्स लगाउने निर्णय सरकारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?