मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कपाल नुहाउने बित्तिकै नगर्नुहोस् यी गल्ती !

काठमाडौँ– हामी धेरैलाई नुहाएपछि अब सफा भइयो, केही समस्या छैन भन्ने लाग्छ तर नुहाउनु साथ गर्ने केही गल्तीहरूका कारण कपालमा निकै समस्या उत्पन्न हुन सक्छ । चिकित्सकहरूका अनुसार नुहाउनका साथ पनि केही कुराहरू गर्न हुँदैन ।

नुहाउने बित्तिकै के गर्नु हुँदैन?

१. नुहाउने बित्तिकै हामी जो कोहीले पनि चिसोमा कपाल कोर्नु हुँदैन । चिसोमा कपाल कोर्दा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढ्न सक्छ ।

२. नुहाउने बित्तिकै चिसो कपालमा मालिस गर्नु हुँदैन। यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ ।

३. चिसो कपाल बाँध्नु हुँदैन । जसका कारण कपालमा इन्फेक्सन हुनुका साथै चाया बढ्ने, कपाल झर्ने जस्ता समस्याहरू बढी हुन्छ ।

४. हेयर स्टाइलिङ मेसिनको प्रयोग र कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन । जसको प्रयोगले कपालको जरा कमजोर भई झर्ने र हाँगा आउने समस्याहरू बढेर जान्छ ।

५. चिसो कपाल लिएर बाहिर निस्किँदा कपालमा इन्फेक्सन हुनुका साथै धुलोका कारण चाया बढ्छ र कपाल झर्ने समस्या बढ्छ ।

६. तातो पानीले टाउको ननुहाउने उच्च पानीको तापक्रममा कपाल नुहाउँदा कपाल झर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?