मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महानगरले नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक लिने

काठमाडौँ – महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ । मंगलबार ‘फागुन १५’ गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो ।

विभागका स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औला र चोर औलाको चिन्ह लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ । पाण्डेकाअनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिनेछ ।

इवीपीएस प्रणालीबाट आवेदन दिनु अघि इञ्जिनियरले नक्सा बनाउँछ । यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल ‘बुकलेट’ तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेश गरिन्छ ।

सामान्यतया यो प्रक्रियाका लागि घरधनीले इञ्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छ । यसरी पठाइएको विवरण ठिक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो । पाण्डे भन्छन्, ‘महानगर आउँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर आउनुपर्छ । विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो । सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ ।’ एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणालीले नै हस्ताक्षर राखिदिन्छ ।

यो प्रणालीलाई अहिले सम्पत्ति कर आवद्ध भइसकेको छ । बैङ्किङ् प्रणालीसँग अटोमेसन भइसकेको छ । भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोवाइलबाटै तिर्न सकिन्छ ।

प्रणालीमा घरधनीकै मोवाइल नम्बर हुने भएकोले प्रमाणिकरण गर्न सहज हुनेछ । सम्पत्ति करसँग प्रणाली आवद्ध भइसकेकोले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड ‘संकेत नं’ राखिसकेपछि मात्र पेज खुल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?