मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कामपाकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार रुपैयाँ जरिवाना

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ। महानगरको कार्यालयमा संचालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए। अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिवाना गरिएको महानगरले बताइएको छ।

क्यान्टिनको खानाका विषयमा गुनासा आएका थिए । अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा। अवधेश झाले जानकारी दिए ।

मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो । हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ झाले भने ।

अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?