मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यक्ति

सात छोराछोरीका बाबु बन्ने रोनाल्डोको चाहना

कस्तो जीवनशैली अपनाउँछन् फुटबलर रोनाल्डो?

काठमाडौँ– पोर्चुगलका सर्वकालीन महान् खेलाडी क्रिस्टियानो रोनाल्डो नाम नसुन्ने शायदै कोही होलान् । म्यान्चेस्टर युनाइटेड र रियल मड्रिडका लेजेन्ड रोनाल्डो अहिले साउदी अरबको अल नासेरमा आबद्ध छन् ।

त्यसबाहेक रोनाल्डोले पोर्चुगलको स्पोर्टिङ सीपीका साथै इटालीको युभेन्टसबाट पनि फुटबल खेलेका छन् । फुटबल नहेर्ने वा फुटबलबारे कुनै जानकारी नराख्नेले पनि रोनाल्डोलाई चिन्छन् । सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा पनि उनको नाम शीर्ष स्थानमा आउने गरेको छ ।

फुटबलबाहिर उनको व्यक्तिगत जीवन, जीवनशैली, व्यवसाय र फेसन चेतको पनि चर्चा हुने गरेको छ । उनले कस्तो कपडा लगाउँछन्, के खान्छन्, कस्तो गाडी चढ्छन् भन्ने विषयमा उनका फ्यान र आम सर्वसाधारणले धेरै चासो राख्छन् । त्यसैगरी, उनको पारिवारिक विषयले पनि मिडियामा राम्रै स्थान पाउँछ । उनकी आमा, जीवनसाथ, छोराछोरी पनि बेलाबेला चर्चाको विषय बन्छन् ।

सन् १९८५ को फेब्रुअरी ५ मा पोर्चुगलको मेडिरा टापुमा जन्मेका रोनाल्डोको जीवनशैलीबाट धेरैजना प्रभावित छन् । उनी रक्सी खाँदैनन् । रोनाल्डोका फ्यानहरुका अनुसार नियमित रुपमा रक्तदान गर्ने भएका कारण उनले शरीरमा ट्याटु पनि खोपाएका छैनन् ।

त्यस्तै, उनी व्यायाम र प्रशिक्षणमा पनि धेरै मिहिनेत गर्छन् । दैनिक आधा घण्टा उनी अनिवार्य व्यायाम गर्छन् । पत्रु खानेकुरा (जंक फुड) बाट पनि उनी टाढै रहन्छन् । सन् २०२१ मा युरोकप प्रतियोगिताका क्रममा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले आफ्नो अगाडि राखिएका कोकाकोलाको बोतललाई हटाएका थिए । उनले त्यसबेला कोकाकोला होइन, पानी पिउनुपर्ने उल्लेख गरेका थिए ।

बिहानको नास्तामा उनी चिज, ह्याम र लो–फ्याट योगर्ट खान्छन् । कुखुराको मासु र सलाद पनि उनलाई मनपर्ने खाना हुन् । त्यस्तै, एभोकाडो, ताजा फलफूल, अण्डा, बिफ स्टेक, माछाहरु पनि उनले रुचाउने खानेकुरा हुन् ।

परिवारको कुरा गर्दा रोनाल्डोका पाँच सन्तान छन् । उनका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको जन्म सन् २०१० मा भएको थियो । रोनाल्डो जुनियर अमेरिकामा जन्मेको बताइन्छ । यद्यपि उनकी आमा को हुन् भन्नेबारे रोनाल्डोले केही खुलाएका छैनन् ।

त्यसपछि सन् २०१७ मा उनले जुम्ल्याहा सन्तान जन्माए । ‘सरोगेसी’ मार्फत् रोनाल्डोले एभा र मातेओको अभिभावकत्व ग्रहण गरेका थिए । त्यस्तै, त्यही वर्ष रोनाल्डोकी प्रेमिका जर्जियाना रोड्रिग्वेजले रोनाल्डोकी छोरी अलाना मारियालाई जन्म दिइन् । पछि सन् २०२२ मा रोड्रिग्वेज र रोनाल्डोको जोडीले जुम्ल्याहा सन्तानलाई जन्म दिने तय भएको थियो ।

रोड्रिग्वेजले एक जना छोरा र अर्की छोरीलाई जन्म दिन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए । यस जोडीले जुम्ल्याहा सन्तानको नाम पनि राखिसकेका थिए । उनीहरुले छोराको नाम एन्जल र छोरीको नाम बेल्ला राखेका थिए । यद्यपि रोड्रिग्वेजले जन्म दिने क्रममा एन्जलको मृत्यु हुन पुग्यो । बेल्ला भने सकुशल रहिन् ।

विश्व फुटबल जगतमा उनको प्रतिस्पर्धी मानिने मेसीका जम्मा तीन सन्तान छन् । एन्जल बाँचेका भए रोनाल्डो ६ जना केटाकेटीका बाबु हुन्थे । औसत पोर्चुगिज परिवारमा ५ सन्तान हुनु अस्वभावित हो ।

पोर्चुगलमा सन्तानोत्पादन दर युरोपमै सबैभन्दा कम छ । युरोस्टाटको पछिल्ला तथ्याङ्क अनुसार सन् २०२२ मा पोर्चुगलको कुल जन्मदर १ दशमलब ४ रहेको छ । विश्व बैंकको सन् २०२० को पछिल्लो तथ्यांकअनुसार विश्वको कुल जन्मदर २ दशमलब ३ छ ।

सन् २०१७ मा प्रकाशित ब्लिचर रिपोर्टको समाचारमा रोनाल्डोले ७ सन्तानको बाबु बन्ने चाहना व्यक्त गरेको उल्लेख गरिएको थियो । रोनाल्डोले लगाउने जर्सीको नम्बर पनि ७ हो ।

उनले बारम्बार ७ नम्बर आफ्ना लागि शुभ भएको बताउने गरेका छन् । सोही कारण पनि उनले ७ जना सन्तानको चाहना गरेको हुन सक्ने धेरैको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?