मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमिर खानले किन बाँधे हातमा ‘धागो’ 

काठमाडौँ – आफ्नो प्रोडक्सन हाउसबाट निर्माण भएको फिल्म ‘लापता लेडिज’को प्रमोसनमा व्यस्त आमिर खानले केहि समय देखि हातमा धागो बाधेका छन् ।

यसअघि उनको हातमा यस किसिमको ‘धागो’ देखिएको थिएन । तर अहिले किन उनले दाया हातमा धागो बाँधिरहेका छन् त ?  उनका दर्शक र फ्यानहरूमा चासो छ । 

यसको रहस्य आमिरले  न्यूज १८ को एक अन्तरक्रियामा क्रममा खोलेका हुन । पूर्वपत्नी किरणका साथ उपस्थित आमिरले कुनै गीत गुनगुनाउँदा ‘धागो’को रहस्य खोलेका थिए । 

‘मलाई गीत अधिक मन पर्छ, म तुरुन्तै गाउन सक्छु । तपाईँलाई भनुँ कि आजकल म गायन सिकिरहेको छु । ’ उनले भनेका छन् – ‘यो जुन धागो तपाईँ देखिरहनुभएको छ, सुचेताजी मेरो गुरु हुन्, म उनको शिष्य बनेको छु । उहाँले यो धागो बाँध्नु भएको हो । म उहाँसँग भारतीय शास्त्रीय गीत सिकिरहेको छु । ६ महिना यता गाइरहेको छु ।’

कोभिड लकडाउन अघि आमिरको एक प्रोजेक्टको निकै चर्चा थियो । उनी प्रख्यात भजन गायक र म्युजिक कम्पनी टी–सीरीजका संस्थापक गुलशन कुमारको बायोपिक ‘मुगल’मा शीर्ष भूमिकामा देखिन लागेका थिए ।

यसैका लागि उनले संगीत सिकिरहेको बताईएको थियो । जुन आमिरले स्वयंले पुष्टि गर्दा छोरीको बिहेमा उनले गाएको भिडियो समेत सार्वजनिक भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?