मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भन्सालीको फिल्ममा रणबीर ‘एनिमल’ का रणविजय जस्तै भूमिकामा देखिने

काठमाडौं – बलिउड अभिनेता रणवीर कपुर सञ्जय लीला भन्सालीसँग फेरि काम गर्न लागेका छन् । फिल्मको नाम ‘लभ एन्ड वार’ हो । यसमा उनकी श्रीमती आलिया भट्ट र विक्की कौशल पनि मुख्य भूमिकामा हुनेछन् । यो एक एक्सन लभ स्टोरी हुनेछ ।

फिल्म यसै वर्षको अन्त्यसम्ममा फ्लोरमा जानेछ । यो फिल्ममा रणवीरको क्यारेक्टर कस्तो हुनेछ । ‘एनिमल’ पछि उनी अब ग्रे शेड रोलमा देखिने भएका छन् । अथवा यो फिल्ममा रणबीर ‘एनिमल’ का रणविजय जस्तै भूमिकामा देखिने छन् ।

अझ भन्नु पर्दा यो फिल्म न सकारात्मक न नकारात्मक हुनेछ। रणवीर आफ्नो क्यारेक्टरमा पेन्डुलम जस्तै खलनायक र नायकको बीचमा घुमिरहनेछन्।

घोषणा भएदेखि नै भन्सालीको ‘लभ एन्ड वार’ चर्चामा छ । यो एक्सन लभ स्टोरी हुनेछ । यसमा रणवीर कपुर ट्विस्टेड ग्रे पात्रको भूमिकामा देखिनेछन् । फिल्म निर्माता सञ्जय लीला भन्सालीले केही समय अघि देखि नै यस्तो खालको फिल्म बनाउने सोच गरिरहेका थिए ।

फिल्ममा आलिया र विक्की कौशललाई साइन गराउने उनले पहिलादेखि नै सोचिसकेका थिए । फिल्ममा अहिले रणवीरलाई दिइएको भूमिकाका लागि सुहाउँदो अनुहारको खोजीमा उनी वर्षौंदेखि थिए । फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइनेछ ।

हालै रिलिज भएको रणवीरको फिल्म ‘एनिमल’ले संसारभर ८०० करोडभन्दा धेरै कमाएको थियो । यो फिल्ममा रणवीरको अभिनय सञ्जय लीला भन्सालीले निकै मन पराएका थिए ।

त्यही भूमिकालाई हेरेर भंसालीले रणवीरलाई यो भूमिकामा कास्ट गरेका हुन् । रणवीरले निभाउन लागेको भूमिका भन्सालीको फिल्ममा देखाइएका सबैभन्दा जटिल पात्र हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?