मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानडाविरुद्ध रोहित बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । कप्तान रोहित पौडेल क्यानडाविरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका छन् । एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध शानदार बलिङ गर्दै हार नजिक पुगेको नेपाललाई जित दिलाएका कप्तान पौडेल खेलको प्लेयर अफ द म्याच बनेका हुन् ।

प्लेयर अफ द म्याच बनेका रोहितलाई १५ हजार नगद पुरस्कार दिइएको छ । रोहितले यस खेलमा ४ विकेट लिएका थिए । उनले ८।५ ओभरमा २ मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए । रोहितले ब्याटिंग तर्फ भने ८ रन मात्र बनाएका थिए ।

नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछाएको क्यानडाले ४७।५ ओभरमा अल आउट हुदै २१७ रन मात्र बनाएको थियो ।यो जितपछि नेपाल ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार टियु मैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?