मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्टडी रुम वास्तु अनुसार बनाए बच्चाहरुमा एकाग्रता बढ्छ

जोयनेपाल
247
Shares
सांकेतिक तस्विर

काठमाडौं – वास्तु शास्त्रमा घरमा नकारात्मकता हटाउने र पवित्रता बढाउने केही नियमहरु छन् । जुन घरमा वास्तु दोष हुन्छ, त्यहाँ वस्ने मान्छेहरुको विचारमा नकारात्मता अधिक हुन जान्छ ।

वास्तु दोषको कारणले मानसिक तनाव बढेर जान्छ, मनमा एकाग्रता हुँदैन । स्टडी रूम अर्थात पढाई गर्ने कोठामा वास्तुको ध्यान राखियो भने बच्चाहरुमा एकाग्रता बढन सक्छ, पढाईमा लाभ प्राप्त हुनसक्छ । त्यसैले यहाँ स्टडी रुमका लागि केहि वास्तु नियमहरु प्रस्तुत गरिएको छ ।

विद्यार्थीले पढाई गर्नको लागि ईशान कोण अर्थात कोठाको उत्तर पूर्व दिशाको कुना शुभ मानिन्छ । ईशान दिशामा मुखगरेर विद्यार्थीले अध्यन गर्नु लाभदायक हुन्छ । कुनै कारणवस इशान दिशामा मुखगरेर पढाई गर्न मिलेन भने पूर्व, पश्चिम अथवा उत्तर दिशामा मुखगरेर पढाई गर्न सकिन्छ ।

ध्यानदिने कुरा के छ भने दक्षिण दिशातिर मुख गरेर कहिले पनि पढाई गर्नु हुँदैन । दक्षिण दिशामा मुख गरेर पढाई गर्दा पढेको विषय याद नहुने, पढाई गरेका कुराहरु विर्सिने, पढाई गर्दा टाउको दुख्ने, आँखाबाट आँसु आउने, आलस्यता जस्ता समस्या देखापर्दछन ।

पढाई लेखाई गर्नको लागि सबैभन्दा उत्तम समय ब्रह्म मुहूर्तलाई मानिन्छ । यो समयमा मन शान्त रहन्छ, एकाग्रता रहिरहन्छ । शान्त र एकाग्र मनले गरेको पढाई लामो समयसम्म सम्झना भईरहन्छ । अध्यन कोठा अर्थात स्टडी रुम शान्त हुनुपर्छ । यो कोठामा धेरै सामान राखेको हुनुहुादैन । हावा र उज्यालो छिर्ने ठाँउ पर्याप्त हुनुपदर्छ ।

अध्यन गर्ने टेबलमा एउटा सानो पिरामिड राख्नु लाभदायक हुन्छ । टेबलमा अनावश्यक सामान राख्नु हुँदैन । स्टडी रूममा गणेशको र माता सरस्वतीको फोटो राख्न सकिन्छ त्यसैगरी आफूलाई मनपर्ने प्रेरक व्यक्तित्वको फोटो पनि राख्न सकिन्छ । स्टडी रूममा बग्दै गरेको पानीको, युद्धको, दौडदै गरेको जनावरको फोटो राख्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?