मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी भारतीय फिल्म जुन पाकिस्तानमा पनि रुचाइए, कसले कति कमाइ गरे ?

काठमाडौँ– पछिल्ला केही वर्षहरूमा, धेरै भारतीय चलचित्रहरूले भारतमा मात्र नभई विदेशमा पनि राम्रै चर्चा पाइरहेका छन् भने कमाइ पनि राम्रै गरिरहेका छन् । 

भारतीय फिल्म दंगल, आरआरआर, पठान लगायत एनिमलजस्ता फिल्महरूले  गरेका कमाइले सबैलाई चकित बनाएको छ । यी फिल्महरू भारतमा मात्रै नभई अन्य देशमा पनि धेरै रुचाइएका फिल्महरू हुन् ।

भारत र पाकिस्तानको बिचमा राजनीतिक सम्बन्धमा चिसोपना भए पनि भारतीय फिल्महरूले पाकिस्तानमा समेत राम्रै माया पाइरहेका छन् । यस्तो सूचीमा सलमान खानदेखि रणवीर कपूरसम्मका धेरै ठूला स्टारका फिल्महरू रहेका छन् ।

भारतीय मिडियाहरूका अनुसार २०१८ मा रिलिज भएको रणवीर कपूरको फिल्म सञ्जु ले पनि पाकिस्तानी दर्शकहरूको राम्रै माया पाएको थियो । जसले पाकिस्तानमा ३७.६ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो । 

यस्तै सलमान खानको सुल्तानले पनि पाकिस्तानमा ३३ करोड भारतीय रुपैँया कमाइ गरेको थियो । 

आमिर खान र अभिषेक बच्चनको फिल्म धूम ३ ले पनि पाकिस्तानी दर्शकहरूको राम्रो साथ पाएको थियो । यो फिल्मले करिब २५ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो । 

यस्तै आमिर खानको पीके फिल्मले पनि पाकिस्तानमा राम्रो कमाई गरेको थियो । यो फिल्मले २३.५० करोडको व्यापार गरेको थियो । यस्तै सलमानको बजरंगी भाइजान 

रणवीर सिंह तथा शाहिद कपूरको ‘पद्मावत’, रणवीर सिंहकै ‘सिम्बा’ शाहरुख खानको  ‘दिलवाले’, ‘किक’जस्ता भारतीय फिल्महरूले पाकिस्तानमा हलचल नै मच्चाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?