मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ऋतिकको फिल्म ‘फाइटर’ विवादमा, वायुसेनाले पठायो नोटिस

काठमाडौँ – बलिउड फिल्म ‘फाइटर’ विवादमा फसेको छ । यसमा समावेश चुम्बनको एक दृश्यलाई लिएर आसाममा तैनाथ भारतीय वायुसेनाका विंग कमाण्डर सौम्यदीप दासले आपत्ती जनाएका हुन् । 

ऋतिक रोशन र दीपिका पादुकोण स्टारर यो फिल्ममा भारतीय वायुसेनाका लडाकु पाइलटको कथा समेटिएको छ । 

फिल्मको एक दृश्यमा दीपिका र ऋतिकले वायुसेनाको पोशाकमै चुम्बन गरेको देख्न सकिन्छ ।  यस दृश्यमा आपत्ति जनाउँदै सौम्यदीपले स्टार कास्ट र निर्देशकलाई नोटिस पठाएका छन् ।

विङ कमाण्डर सौम्यदीपले ऋतिक र दीपिकाको चुम्बन दृश्य वायु सेनाको बर्दीको अपमान भएको बताएका छन् ।

वायुसेनाको बर्दी कपडाको टुक्रा मात्र नभई यो देशको रक्षाका लागि बलिदान, अनुशासन र अटल समर्पणको प्रतीक भएको उनको भनाइ छ ।

दृश्यमा कलाकारलाई भारतीय वायुसेनाको सदस्यको रूपमा देख्न सकिन्छ । बर्दीमा यस्तो हर्कत गर्नु गलत भएको उनको दाबी छ ।

लिगल नोटिसमा भनिएको छ, ‘फिल्ममा रोमान्टिक पाटो देखाउन यो पवित्र प्रतीक प्रयोग गर्नु गलत हो । यसले हाम्रो देशको सेवामा अनगिन्ती सिपाहीले गरेको बलिदानको गरिमालाई अवमूल्यन गर्छ, जसले हाम्रो सिमानाको रक्षा गर्नेहरूलाई सुम्पिएको जिम्मेवारीविरुद्ध खतरनाक उदाहरण स्थापित गर्छ ।’

नोटिसमा थप भनिएको छ कि वायुसेनाको पोसाक लगाएका अधिकारी सार्वजनिक रुपमा रोमान्टिक हुनु नियमको उल्लंघन मात्र नभएर उनीहरुको चरित्रको हनन पनि हो ।

यसले उनीहरूको चरित्र र व्यावसायिक व्यवहारलाई पनि गलत तरिकाले देखाउँछ । वायुसेनाका कर्मचारीहरूबाट अनुशासन र मर्यादाको अपेक्षा गरिन्छ ।

ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’लाई निर्देशक सिद्धार्थ आनन्दले बनाएका हुन् । यो फिल्मले विश्वभर ३५० करोड भारु कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?