मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिए

काठमाडौं – जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् । ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् ।

योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन् । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् । बुमराहले ईङल्याण्डको घरेलु टेस्ट सिरिजको पहिलो २ खेलमा १५ विकेट लिएका थिए । उनले पहिलो टेस्टमा ६ विकेट र दोस्रो टेस्टमा ९ विकेट लिएका थिए ।

उनी दोस्रो खेलको प्लेयर अफ द म्याच समेत बने । अब बुधबार उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को पछिल्लो वरियतामा शीर्ष स्थानमा पुगेका छन् । बुमराहले अस्ट्रेलियाका प्याट कमिन्स, अश्विन र रबाडालाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् । बुमराहको हाल ८८१ रेटिङ अंक छ, जुन उनको करियरकै उत्कृष्ट हो ।

बुमराह हाल एकदिवसीय बलर वरियतामा छैटौं र टी-२० बलरको बरियतामा १००औँ स्थानमा छन् । ३० वर्षीय बुमराहले ३४ टेस्टमा १५५ विकेट लिएका छन् । उनको नाममा १० पटक एक इनिङमा ५ वा सोभन्दा बढी विकेट लिने कीर्तिमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?