मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सानो बजेटमा बनेको ‘हनुमान’ ले कमायो ३०० करोड

काठमाडौं- तेजा सज्जाको फिल्म  ‘हनु-मान’ रिलिज भएको एक महिना बितिसकेको छ । अचम्मत त यो छ कि यो फिल्मले बक्स अफिसमा अझै बलियो छ र करोडौं कलेक्सन गरिरहेको छ । सानो बजेटमा बनेको यो चलचित्रले महेश बाबु अभिनित चलचित्र ‘गुंटुर करम’ लगायत धेरै चलचित्रलाई बक्स अफिसमा पछि पार्दै ठूला नोट छापिरहेको छ ।

ऋतिक रोशन स्टारर फिल्म ‘फाइटर’ को अगाडि  ‘हनु-मान’ को कमाईमा गिरावट आएपनि यो फिल्म बक्स अफिसमा झुक्न तयार देखिएको छैन ।

‘हनु-मान’ एक तेलुगु सुपरहिरो फिल्म हो। यो चलचित्र यही संक्रान्तिमा हलमा रिलिज भएको हो । ‘हनु-मान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ र योसँगै फिल्मले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ ।  ‘हनु-मान’ सिनेमाघरमा रिलिज भएको चार साता भइसकेको छ र यसले हरेक दिन करोडौंको कलेक्सन गरिरहेको छ ।

फिल्मको कमाईको कुरा गर्दा ‘ हनु-मान’ ले पहिलो हप्तामा ८९.८ करोड कमाएको थियो । दोस्रो हप्तामा ‘हनु-मान’ले ६०.६ करोड कमाएको थियो । तेस्रो हप्तामा  ‘हनु-मान’ ले २९.९५ करोड कमाएको छ । यो फिल्म अहिले रिलिजको चौथो हप्तामा छ ।  ‘हनु-मान’ ले रिलिजको चौथो शुक्रबार १.४५ करोड, चौथो शनिबार २.८५ करोड, चौथो आइतबार ४ करोड र चौथो सोमबार १.१८ करोड कमाएको छ । अब  ‘हनु-मान’ को रिलिजको चौथो मंगलबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

सैकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार,  हनु-मानले चौथो मंगलबार अर्थात् रिलिजको २६ औं दिनमा १.१० करोड भारु कलेक्सन गरेको छ।

योसँगै ‘हनु-मान’को २६ दिनमा कुल कमाई भारतमा १९०.९३ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?