मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमिरसँग पहिलोपटक एकसाथ काम गर्दै सनी, राजकुमार सन्तोषीले गर्दैछन् निर्देशन

काठमाडौँ – ‘गदर २’ को सफलतापछि बलिउडमा छाइरहेका सनी देओल पहिलो चोटि आमिर खानसंग पनि देखिने भएका छन् ।

आमिर खान प्रोडक्सनको ब्यानरमा बन्न लागेको आगामी फिल्म ‘लाहौर १९४७’ मा यो अवसर जुट्ने भएको हो । यस फिल्ममा निर्देशन राजकुमार सन्तोषीको रहने छ ।

उनले आमिर र सनीसंग काम गर्न पाएको अवसरका बारेमा खुलेर कुरा गरेका छन् । उनले यो अवसरलाई विशेष कै संज्ञा दिएका छन् । यो एक ऐतिहासिक फिल्म हो ।

जस बारे बोल्दै निर्देशक सन्तोषीले यो फिल्म आफ्नो करियरकै एक महत्त्वपूर्ण प्रोजेक्ट भएको बताएका छन् ।

‘यो मेरा लागि सबैभन्दा प्रतिभाशाली व्यक्तिसँग सम्बन्ध बनाउने नौलो अवसर हो’ ।

उनले भनेका छन् – ‘मैलै आमिर संग ‘अन्दाज अपना अपना’ मा पनि काम गरेको थिए,यो पल्ट उनी निर्माताका रूपमा मलाई सहयोग गरिहरेका छन् । ’

सनी देओलसंग पनि सन्तोषीले काम गरिसकेका छन् । उनले सनीलाई लिएर ‘दामिनी’ र ‘घातक’ जस्ता सफल फिल्म बनाइसकेका छन् ।

उनले चर्चित गीतकार तथा फिल्म लेखक जावेद अख्तरसंग पनि राम्रो सम्बन्ध भएको तथा आगामी फिल्म उनी गीतकारका रूपमा जोडिनु खुसीको कुरा भएको बताएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?