काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा ब्रेनफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
गए राति भएको खेलमा ब्रेनफोर्डलाई ३–१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटीले जित निकालेको हो ।
जितका लागि म्यानचेस्टर सिटीका फिल फोडेनले ह्याट्रिक गरेका थिए । खेलको २१औँ मिनेटमा नियल माउपेको गोलमा अग्रता लिएको ब्रेनफोर्डलाई म्यानचेस्टरका फोडेनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै जवाफ फर्काएका थिए ।
त्यस्तै दोस्रो हाफको ५३औँ र ७०औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भएको हो ।
जितसँगै सिटीको २२ खेलबाट ४९ अंक भएको छ भने २३ खेल खेलेको लिभरपुलको ५१ अंक छ। पराजित ब्रेनफोर्ड भने तालिकाको १५औँ स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया