मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तेजा सज्जाको ‘हनुमान’ ले तोड्यो तेलेगु सिनेमाको ९२ वर्ष पुरानो रेकर्ड 

काठमाडौँ– भारतीय फिल्म उद्योगका लागि यो वर्षको सुरुवात एकदम राम्रो भएको छ । गत जनवरीमा रिलिज भएका फिल्महरूमध्ये तेजा सज्जाको ‘हनुमान’ ले सबैभन्दा बढी चर्चा पाएको छ । 

विस्फोटक कथा, अभिनय र भिएफएक्स लगायतका धेरै कारणहरूले तेजा सज्जाको फिल्म ‘हनुमान’ले बक्स अफिसमा राज गरिरहेको छ । 

जसले तेलेगु सिनेमाको ९२ वर्ष पुरानो रेकर्ड पनि तोडेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ । अहिलेसम्म यो फिल्मले २५० करोडभन्दा बढीको व्यापार गरिसकेको जनाइएको छ । 

रिपोर्टका अनुसार ४० करोडको बजेटमा बनेको ‘हनुमान’ फिल्मले तेलेगु सिनेमामा ले कयौँ गुणा बढी कमाइ गरेको छ । 

यो फिल्मले भारतमा मात्रै नभएर विश्वभर राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले २० दिनमा घरेलु बजारमा २०० करोडको व्यापार गरेको थियो । 

यस्तै यो फिल्म फागुन ९ गतेसम्म हलमा रिलिज हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?