मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यू–१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं – यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सबाट बाहिरिएको नेपालको क्रिकेट टोली सोमबार स्वदेश फर्किएको हो । नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

स्वदेक फर्किएपछि कप्तान देव खनालले व्याटिङमा सोचेजस्तो राम्रो हुन नसकेको बताए । उनले यू–१९ विश्वकप क्रिकेटलाई अनुभवको रुपमा लिएको र धेरै कुरा सिक्ने मौका पाएको बताए ।

त्यस्तै अलराउन्डर गुलशन झाले सोचेजस्तो खेल भएपनि नजिता भने आफ्नो पक्षमा पार्न असफल भएको जिकिर गरे । उनले बलिङको तुलनामा व्याटिङमा मेहनत गर्नुपर्ने देखिएको धारणा राखे ।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले टेष्ट मुलुकसंगको खेलहरु नेपालका लागि ठूलो अनुभव भएको बताए । प्रतियोगीताभर नेपाली समर्थकको पनि धेरै साथ पाएको उनले बताए ।

समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजितसंग पराजित भएपनि अफगानिस्तानलाई भने पराजित गर्दै सुपर सिक्समा पुगेको थियो । तर सुपर सिक्समा बंगलादेश र भारत पराजित भएपछि नेपाल प्रतियोगीताबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?