मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देउवापुत्र जयवीरले कसे लगनगाँठो, बिहे पार्टी फागुन २ मा

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह विवाह बन्धनमा बाँधिएका छन् ।

उनले गायिका शिवानी श्रेष्ठसँग हिजो लगनगाँठो कसेका हो । 

उनको विवाहको विधि देउवा निवास बुढानीलकण्ठमै गरिएको छ।  विवाह पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर क्लबमा आगामी फागुन २ गते हुने छ।

यसैबिच विवाह समारोहमा आउँदा फूल माला, खादा र उपहार नल्याउन निम्तालुलाई देउवा परिवारले आग्रह गरेको छ।

भोज कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसम्मलाई निम्ता गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?