मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्मबाट टाढिएकी ट्विंकल खन्ना केमा व्यस्त छिन् ?

काठमाडौं – बलिउडको फिल्मी दुनियाँबाट अभिनेत्री ट्विंकल खन्ना निकै समयदेखि टाढा छिन् । सन् २००१ मा ‘लव के लिए कुछ भी करेगा’ पछि खन्ना फिल्ममा देखिएकी छैनिन् ।

यद्यपि उनलाई उनका फ्यानहरुले भने खोजी नै रहेका हुन्छन् । उनको सौन्दर्य र फिटनेसकाबारे बलिउडमा सधैं चर्चा हुने गर्छन् । फिल्मबाट टाढा भएर उनी केमा व्यस्त छिन् भन्ने कुरामा उनका फ्यानहरुको जिज्ञासा रहन्छ ।

एक अन्तर्वार्तामा उनका पति अक्षय कुमारले बताइए अनुसार फिल्मबाट टाढा रहेपनि ट्विंकल नयाँ कुरा सिकिरहेकी छिन् ।

उनले यसै वर्ष जनवरीमा स्नातकोत्तर पूरा गरेकी छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय देखिन्छिन् । अक्षयका अनुसार अहिले उनी किताबको काममा पनि लागेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?