मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुम्न जाने हैन ‘मार्खु’ ?

काठमाडौँमा हुनुहुन्छ र घुम्न धेरै समय छैन भने छोटो बिदाका लागि पनि उत्कृष्ट पर्यटकीय गन्तव्य हो– मार्खु । काठमाडौँबाट छोटो दूरीमा रहेका यो स्थान बल्खुबाट करिब ४५ किमीको यात्रापश्चात् पुग्न सकिन्छ ।

निजी तथा सार्वजनिक सवारी साधनमा फर्पिङ, फाखेलको सडक हुँदै करिब २ घण्टाको यात्रामा मार्खु पुगिन्छ । यही स्थानबाट ७ किलोमिटरसम्म लम्बिएको मानव निर्मित ताल ‘इन्द्र सरोवर’ सुरु हुन्छ । 

तालमा डुङ्गा सयर,लोकल माछाको स्वाद लिन धेरै मानिसहरू यो स्थान पुग्ने गरेका छन् । नेपाली र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको ‘मार्खु’ प्राकृतिक सौन्दर्यताका कारण पनि धेरैको रोजाइमा पर्ने गरेको हो ।

मार्खु पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रमा नयाँ र सुविधा सम्पन्न होटलहरु खुल्न थालेका छन् । यो क्षेत्र ऐतिहासिक क्षेत्र पनि हो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको ऐतिहासिक दरबार मार्खु बजारको बिचमा छ । राजा र राणाहरू चित्लाङको बाटो भएर तराई आउँदा जाँदा बस्नका लागि बनाइएको यो  दरबार अहिले विद्युत् प्राधिकरणले आफ्ना पाहुना राख्न प्रयोग गर्दै आएको छ ।

भौगोलिक दृष्टिले समेत यो ठाउँ महाभारत शृङ्खलामा पर्ने नेपालको एक मात्रै पहाडी उपत्यका हो ।

यो समय हिमपातले मनमोहक हुने सिम भन्ज्याङ, दामन, टिस्टुंग, पालुंग, चित्लांग लगायतका क्षेत्रमा घुमेर मार्खु पुग्नेको सङ्ख्या पनि  धेरै हुन्छ । 

कसरी जाने 

मकवानपुर जिल्लामा पर्ने मार्खु काठमाडौंबाट २–३ घण्टामै पुग्न सकिन्छ । अर्थात दिनभरि घुमेर बेलुकी फर्किन सकिने दूरीमै यो स्थान पर्छ ।

यद्यपि पर्यटकहरू दक्षिणकाली, मार्खु हुँदै चित्लाङ पुगेर एक रात वास बसेर फर्कने गर्छन् । मार्खुमा रहेको कुलेखानीमा बोटिङ गर्नुको मज्जा बेग्लै छ । मार्खु जानको लागि पुरानो बसपार्कको अगाडीबाट सार्वजनिक गाडी जान्छ ।

बल्खु चोकबाट पनि सार्वजनिक गाडी चढ्न सकिन्छ । बल्खुबाट चोभार, फर्पिङ र कुलेखानी ड्याम हुँदै मार्खु पुगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?