मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमिर खानले अस्वीकार गरेको यस्तो फिल्म जसले सलमानलाई ‘हिट’ बनायो

काठमाडाैँ – सन् १९८८ मा ‘रिलिज’ भएको फिल्म ‘बीवी हो तो ऐसी’ मा सहायक कलाकार बनेर बलिउडमा छिरेका सलमान खान अहिले नाम नै परिचय हो ।

आफ्नो करियमा धेरै उकाली ओराली पार गरेका उनले धेरै सुपरहिट फिल्म बलिउडलाई दिएका छन् । जसमध्ये केहि फिल्ममा भने उनले संयोगले मात्र भूमिका निभाउन पाएका थिए ।

उनको सफल मध्येको एक फिल्म ‘हम आपके है कौन’ पनि हो । सन् १९९४ मा रिलिज भएको यो फिल्म सूरज बडजात्याले निर्देशन गरेका थिए ।

जसले कमाईको मामलामा बक्स अफिसमा ईतिहास नै बनाएको थियो । यसमा सलमान खान र माधुरी दीक्षितको केमष्ट्रीलाई दर्शकले खुब मन पराएका थिए । रिपोर्ट अनुसार ६.२५ करोडमा बनेको यो फिल्मले २० गुणा बढि अर्थात ११६ करोड कमाई गरेको थियो ।

सलमान खानको करियरमा टर्निङ प्वाईन्ट बनेको यो फिल्म वास्तवमा अमिर खानलाई खेलाउने तयारी थियो । यो फिल्मको अफर पहिले अमिरलाई नै भएको थियो ।

तर कथा राम्रो नभएको भन्दै उनले अफरलाई अस्वीकार गरेका थिए । हुन त यो ९० को दशकको फिल्म हो । तर यसको चर्चा आज पनि कायम छ । आज पनि यसलाई खोजेर हेर्नेको संख्या ठूलो छ ।

यो फिल्ममा सलमान र माधुरीका अलावा मोहनीश बहल,रेणुका शहाणे,अनुपम खेर,आलोक नाथ जस्ता स्टारहरुको समेत भूमिका थियो ।

यो फिल्मका कलाकार उनीहरुको अभियन तथा कथा सबै दर्शकले मन पराएपनि गीत भने सर्वाधिक चर्चामा थिए । जसमा कुल १४ ओटा गीत समावेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?