काठमाडौँ – जापानलाई हराउँदै इरान कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
उपाधि दाबेदार मानिएको जापानलाई इरानले २–१ गोलले स्तब्ध पारेको हो । एजुकेसन सिटी रङ्गशालामा इरानलाई जीत दिलाउन मोहम्मद मोहेबी र अलीरेजा जहाँबख्शले १–१ गोल गरे ।
खेलमा अग्रता भने २८औँ मिनेटमा मोरिताको गोलमार्फत जापानले लिएको थियो । तर ५५औँ मिनेटमा मोहेबीले खेललाई बराबरीमा ल्याउन सफल भए ।
खेलको अतिरिक्त समयमा जहाँबख्शले पेनाल्टीमार्फत गोल गर्दै इरानलाई २ १ को रोमाञ्चक जीत दिलाएका हुन् ।
गएराती नै भएको अर्को खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको छ।
अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ। इरान एसिया कपको ३ पटकको विजेता हो भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया