मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ककटेल-२ मा दीपिका पादुकोणलाई देख्न नपाइने

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण फाइटरका कारण चर्चामा छिन् । यो फिल्ममा ऋतिकसँगको उनको जोडीलाई दर्शकले निकै मन पराई रहेका छन् । फिल्म बक्स अफिसमा सुपरहिट साबित पनि भइसकेको छ ।

यतिबेला दीपिकाबारे आइरहेको अर्को खबर भने उनका फ्यानका लागि राम्रो छैन । दीपिका ककटेल २ को हिस्साका रूपमा नरहने भएकी छिन् । सैफ अली खान, दीपिका पादुकोण र डायना पेंटीको सुपरहिट फिल्म ककटेल सन् २०१२ मा रिलिज भएको थियो । यो फिल्मले दर्शकबाट निकै माया पाएको थियो ।

१२ वर्ष पछि यो फिल्मको सिक्वेल बन्दैछ । तर दुःखको कुरा यो फिल्ममा दीपिका र डायना दुबैलाई देख्न पाइने छैन । फिल्मको सिक्वेलमा दीपिका र डायनाको ठाउँमा सारा अली खान र अनन्या पान्डे रहनेछन् ।

खबरका अनुसार ककटेल २ का लागि यी दुई हिरोइनलाई लिने छलफल भइरहेको छ । फिल्ममा सैफ अलीको ठाउँमा कसलाई राख्ने भन्ने जानकारी अहिलेसम्म मेकरहरुले दिएका छैनन् ।

मेकरहरुले सिक्वेल नयाँ काष्टका साथमा बनाउने बताइएको छ । तर यसको पनि पूष्टि भइसकेको छैन । यी दुबैलाई केही अघि मेडक फिल्म्सको कार्यालयमा देखिएको थियो । ककटेल फिल्म यही प्रडक्शन हाउसले बनाएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?