मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खुलामञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइने

काठमाडौं – राजधानीको खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले जानकारी दिए ।

‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ’, उनले भने ।

महानगरको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खेल मैदानको जस्तो कृत्रिम दुवो लगाउने कुनै योजना नरहेको बताए । यसअघि महानगरले खुलामञ्चमा कृत्रिम दुबो लगाएर खेल मैदान बनाउन लागेको सार्वजनिक भएको थियो । तर उनले कृत्रिम दुवो लगाउने कुनै योजना नरहेको सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना रहेको बताएका हुन् ।

अहिले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाइएको महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । गएको ३ दिनदेखि काम भइरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?