मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन

काठमाडौँ – भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनको ३२ वर्षको उमेरमा निधन भएको हो । शुक्रबार बिहान उनको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको छ । 

पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पुनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौँ र उहाँहरूले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौँ ।’

पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् ।

सन् १९९१ मार्च ११ मा भारतको कानपुरमा जन्मिएकी पाण्डे मोडल र अभिनेत्री थिइन् ।  सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीको कुरा गर्दा उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?