मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतले बढायो नेपाललाई दिने अनुदान

काठमाडौँ – भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३–२४ मा ५ अर्ब ५० करोड भारु विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४–२५ का लागि ७ अर्ब भारु विनियोजन गरेको छ ।

वित्त मन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी हुन्। भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु  पुर्‍याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२÷२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

भारतले छिमेकी मुलुकमध्ये भुटानमा सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराउने गरेको छ । वित्त वर्ष २०२४÷२५ का लागि भुटानलाई दिने सहायता भने घटेको छ । आगामी वर्ष भुटानले २० अर्ब ६८ करोड भारु पाउने छ । यसमध्ये ९ अर्ब ८९ करोड ऋण हो । 

गत वर्ष भुटानका लागि २४ अर्ब विनियोजन भएको थियो । जसलाई संशोधनमा २३ अर्ब ९८ करोडमा झारिएको थियो । यसमध्ये ऋण मात्र १६ अर्ब १४ करोड पुर्‍याइएको थियो ।

भारत र माल्दिभ्सबीच अहिले विवाद चलिरहेको छ । यसबिच उसले पाउने अनुदान भने बढेको छ । भारतले वित्त वर्ष २०२४÷२५ का लागि माल्दिभ्सलाई ६ अर्ब भारु अनुदान दिने छ । यो अघिल्ला वर्षका तुलनामा धेरै हो ।

वित्त वर्ष २०२३२४ मा ४ अर्ब विनियोजन भएको थियो । यसलाई संशोधन गरी ७ अर्ब ७० करोड पु¥याइएको थियो । विनियोजनको तुलनामा माल्दिभ्सको अनुदान बढेको छ । भारतले नेपाल, भुटान र माल्दिभ्सबाहेक अफगानिस्तान, बंगलादेश, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमारसहित मुलुकलाई नामै तोकेर अनुदान छुट्ट्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?