मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नवलपरासीमा ठोक्कियो ट्रक र बस, १७ जना घाइते, एक जनाको अवस्था गम्भीर

काठमाडौँ – पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा सवारी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। बिहीबार राति सुनवल– ४ मा यात्रुवाहक बस र टिपर ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौँबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर एक आपसमा जुधेका थिए । 

घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको  छ।

घाइते मध्य १ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?