काठमाडौँ – पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा सवारी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। बिहीबार राति सुनवल– ४ मा यात्रुवाहक बस र टिपर ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौँबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर एक आपसमा जुधेका थिए ।
घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
घाइते मध्य १ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया