मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुनियर एनटीआर र नानी प्रभासको ‘कल्की २८९८ एडी’ मा देखिने

काठमाडौं – नाग अश्विनको निर्देशनमा बनेको चलचित्र ‘कल्की २८९८’ लामो समयदेखि चर्चामा छ । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चनजस्ता कलाकारहरुको अभिनय रहेको यो फिल्म यस वर्षको बहुप्रतिक्षित फिल्म हो ।

यस फिल्ममा दिग्गज अभिनेता कमल हसन पनि रहनेछन् । अब फिल्ममा थप कलाकारहरु जोडिने खबर आएको छ । दक्षिण भारतीय सिनेमाका चर्चित जुनियर एनटीआर र नानी ‘कल्की २८९८ एडी’ मा देखिने बताइएको छ ।

रिपोर्टका अनुसार विजय देवरकोंडा ‘कल्की २८९८ एडी’ मा अतिथि भूमिकामा देखिनेछन् । फिल्ममा एनटीआरले परशुरामको भूमिका खेल्ने अनुमान गरिएको छ भने नानीले फिल्मको क्लाइमेक्स अघि कृपाचार्यको भूमिका निर्वाह गर्ने बताइएको छ ।

यसबाहेक फिल्ममा दिग्गज अभिनेता दुल्कर सलमानको पनि महत्वपूर्ण भूमिका रहेको चर्चा छ । यद्यपि, निर्माताहरूले यो कुरा पुष्टि गरेका छैनन्।

फिल्म मे ९ मा रिलिज हुने

‘कल्कि २८९८ एडी’ एक पौराणिक विज्ञान कथा फिल्म हो, जसलाई ६०० करोडको लागतमा बनाइएको छ। फिल्ममा प्रभासको चरित्र भगवान विष्णुको १० औं अवतार कल्किबाट प्रेरित छ भने दीपिका योद्धाको भूमिकामा देखिनेछिन् ।

यो फिल्म मे ९ मा हलमा रिलिज हुँदैछ । यसअघि यो फिल्म १२ जनवरीमा रिलिज हुने तय भएको थियो । निर्माण पक्षले यसलाई २ भागमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?