मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जब श्रीदेवी फकाउन अमिताभले फूलकाे वर्षा गरे…..

काठमाडौँ –  कुनै समय बलिउडमा आफ्नो करियर अघि बढाउन अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्न चाहेको भीड नै थियो ।

तर त्यही अर्की स्टार श्रीदेवी भने उनीसँग सहायक भूमिका ननिभाउनेमा अडिग थिइन् । उनी महिला केन्द्रित फिल्मको हिस्सा हुन चाहन्थिन् ।

यही कारण सन् १९९२ मा रिलिज फिल्म ‘खुदा गवाह’का लागि फकाउन श्रीदेवीका लागि फूल वर्षा गराएका थिए ।

सत्यार्थ नायकको पुस्तक  ‘श्रीदेवीः द इटरनल स्क्रीन गडेस’ मा उल्लेख गरिएका अनुसार कोरियोग्राफर सरोज खानले एक गीतमाथि काम गरिरहेकी थिइन्, त्यही बेला श्रीदेवीमाथि अमिताभले फूलको वर्षा गराएका थिए । ‘जब ट्रक आयो, हामी एक गीत खिचिरहेका थियौँ ।

उनले श्रीदेवीलाई ट्रकको अगाडि उभ्याए र पूरा क्यारियर झुकाएर उनीमाथि गुलाबको फूल वर्साए’– पुस्तकमा उल्लेख गरिएको छ । 

यसले श्रीदेवी प्रभावित भए पनि उनले अमिताभका साथ एक फिल्ममा अभिनय गर्ने र त्यसमा अमिताभको पत्नी र छोरी दुवैको भूमिका निभाउने सर्त राखेकी थिइन् । 

अमिताभ र श्रीदेवी पछिल्लो पटक सन् २०१२ मा रिलिज फिल्म ‘इङ्लिश विङ्लिश’मा देखिएका थिए । जहाँ श्रीदेवीले शीर्ष भूमिका निभाएकी थिइन् भने अमिताभ विशेष भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?