मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँचललाई अफर नै अफर,‘पाइपलाइन’मा थुप्रियो ६ फिल्म

काठमाडाै – फिल्म हिट नहुँदैमा करियर सकिँदैन भन्ने उदाहरण बन्दै नायिका आँचल शर्मा व्यस्त नायिकाको सूचिमा छिन् ।

उनको एकपछि अर्को फिल्म अनुबन्ध हुने श्रृखला नै चलेको छ भने उनीसँग अहिले ६ ओटा फिल्म छ । 

गत वैशाखमा उनी अभिनीत फिल्म ‘नाईं नभन्नू ल ६’ प्रदर्शन भएको थियो । तर यो फिल्म सफल बन्न सकेन् । जबकि उनको अभिनय यात्राको आरम्भ नै यही ब्रान्डको ‘नाई नभन्नु ल ४’ बाट भएको थियो ।

यद्यपि अहिले उनलाई अफरको चाङ नै छ । अघिल्लो हप्ता मात्र फिल्म ‘डिग्री माइला’को छायाङ्कन सकाएकी उनले यसै साता फिल्म ‘पिताम्बर’ र ‘दुःखी आत्मा’ एकैदिन सम्झौता गरेकी छिन् ।

अब ‘पिताम्बर’मा प्रदीप खड्का र ‘दुःखी आत्मा’मा दयाहाङ राईसँग उनको जोडी बाँधिनेछ । त्यस्तै ‘राजमहल’, ‘एक मुठ्ठी बादल’ र ‘वर एण्ड बधु’ गरी अरू तीन फिल्म ‘पाईपलाइनमा’ हुँदा उनले सम्झौता गरेका प्रायः फिल्म यसै वर्ष छायाङ्कनको तयारीमा छन् । 

अहिले उनको ‘पाइपलाइन’मा जति फिल्म अरू अभिनेत्रीसँग छैन । जसले गर्दा उनलाई सेड्युल मिलाउन सकस पर्ने देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?