मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिन्दु धर्मअनुसार हरेक शुभ कार्यमा बत्ती किन बालिन्छ ?

हिन्दु धर्ममा घरमा कुनै पनि पूजाआजा वा शुभ कर्म गर्नु अगाडि बत्ति बाल्नै पर्छ । बत्ती नबाली गरिएको पूजालाई अधुरो मानिन्छ ।

पितृको श्राद्ध गर्दा पनि बत्ति बालेर सुरु गरिन्छ भने दशैँ, तिहार, दिवालीलगायत शुभ कार्य पनि बत्ति बालेर सुरु गरिन्छ ।

कसैको मृत्युको खरबमा उसको सम्झनामा आत्माको शान्तिका लागि पनि मन्दिर लगायतका स्थलहरूमा बत्ती बाल्ने गरिन्छ ।

हिन्दु धर्ममा हरेक शुभ कार्यमा बत्ति बालिने प्रचलन छ । यसको कारण के होला त सबैको मनमा उब्जिने प्रश्न हो यो ?

वास्तुशास्त्रमा पनि बत्ती बाल्दा थुप्रै प्रकारका वास्तुदोष निवारण हुन्छन् र बत्तीको ज्वालाले नकारात्मक ऊर्जाको प्रभाव नाश गरी सकारात्मक ऊर्जालाई सक्रिय गराउने कुरा उल्लेख गरिएको छ ।

पूजा गर्ने बेलामा वा कुनै शुभ कार्यको सुरुमा बत्तीलाई प्रतिमा वा मूर्तिको ठीक अगाडि राखेर बाल्दा इच्छित फल प्राप्त हुने विश्वास छ ।

बत्ती बाल्दा जहिले पनि चामल माथिर राखेर मात्र बाल्नु पर्छ । बत्तीलाई देवताहरूको अगाडि बाल्दा देवताहरू खुसी हुने जनविश्वास पनि छ ।

वास्तुशास्त्रका अनुसार बत्तीलाई पूर्वपट्टी फर्काएर बालिन्छ । शुभ कार्यमा दक्षिण फर्काएर बाल्नु हुँदैन । पूर्व फर्काएर बाल्दा आरोग्य तथा उत्तर फर्काएर बाल्दा धनलाभ हुन्छ । श्राद्धादि कार्यमा भने बत्तीलाई दक्षिण फर्काएर बाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?