मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मछिन्द्र केपी ओली कपको फाइनलमा प्रवेश

काठमाडौँ – मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ। बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

मछिन्द्रका लागि बिमल घर्ति मगर, आयुष घलान, स्टेफेन बिनोंग, हिसुब थपलिया र देवेन्द्र तामाङले एक एक गोल गरेका थिए।योसँगै अब फाइनलमा मछिन्द्र र एनआरटीको भिडन्त हुने भएको छ।

आजै सम्पन्न पहिलो सेमिफाइनलमा एनआरटीले जावलाखेललाई पराजित गर्दै फाइनलमा पुगेको थियो। अब फाइनल खेल आगामी शनिबार हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?