मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रबहादुर र अञ्जलीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौं । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पेरिस ओलम्पिक छनोटको आधार रहेको उक्त प्रतियोगितामा पुरुष ५१ किलो तौल समूहमा चन्द्रबहादुर थापा र महिला ५४ किलोतर्फ अञ्जली तेलीले नेपालबाट प्रतिस्पर्धा गर्ने छन् । अञ्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् ।

त्यस्तै इटाली जाने टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहेका छन् । आगामी मार्च ३ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि चार सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्नेछ ।

नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेका अनुसार ओलम्पिकको बक्सिङमा नेपालले ३२ वर्षदेखि सहभागिता जनाएको छैन । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५औँ संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीको आज बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?