मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँलाई पनि खाना नपच्ने समस्या छ ? अपनाउनुहोस् यस्ता उपाय

खाना नपच्ने वा अपच हुने समस्या आम समस्या हो । धेरैलाई यो समस्या हुने गर्दछ । कतिपयलाई कहिलेकाहीँ मात्रै यस्तो समस्या हुने गर्दछ भने कतिपयलाई प्रायजसो यस्तो समस्याले सताउने हुँदा आजित भएका हुन्छन् । 

तर यस्तो खाना अपच हुने समस्याका केही घरेलु उपायहरू छन् । जसले तपाईँको समस्यालाई राहत दिने गर्दछ ।   

–अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुहोस् । 

–पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचन शक्ति बलियो हुन्छ ।

– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ ।

–खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ ।

–पाचन बलियो नहुनुको मतलब तपाईँको कलेजो त्यति स्वस्थ छैन । त्यसैले मदिराजन्य पदार्थ सकेसम्म नखानुहोस् । पाचन प्रणालीका लागि यो विष तुल्य हुन्छ ।

–गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ ।

–पाचन शक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ । यसले पाचन क्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ ।

–बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ । तनावले मन र दिमागलाई मात्र होइन, पाचन लगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ । त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ ।

–आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्नुहोस्।

–अमला खाने गर्नाल पनि पाचन शक्ति बलियो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?