मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएन्

पर्सा – छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन्। गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा नै छोरीलाई जन्म दिएकी थिइन्।

अस्पतालमा उनीसँगै उनकी सासु बेडीदेवी पनि पुगेकी थिइन्। छोरीको जन्म भएपछि सासुसँग भनाभन हुँदा अस्पतालमै बच्चा छाडेर सीतादेवी फरार भएकी थिइन्। हजुरआमा पनि सम्पर्कविहीन भएपछि बच्चा अहिले अस्पतालमै छ। बच्चाको अवस्था सामान्य रहेको तथा बच्चाको आमा वा घरपरिवारबाट कसैले हालसम्म अस्पतालमा सम्पर्क नगरेको नारायणी अस्पतालले जनाएको छ ।

अस्पतालमा सीतादेवीले आफ्ना श्रीमान्‌को नाम दीपक कानु लेखाएकी छिन्। उनले लेखाएको ठेगाना गलत रहेको तथा छोरी जन्मिएका कारणले नै बच्चालाई छोडेर हिँडेको हुनसक्ने बताइएको छ । यसअघि सीतादेवीले तीन छोरी जन्माएकी छिन् ।

बच्चालाई छाडेर आमा र परिवारजन फरार भएपछि अस्पतालले पर्सा प्रहरीलाई खबर गरेको थियो। आइतबारदेखि नै प्रहरीले बच्चाको आमा र परिवारलाई खोजी गरिरहेको भए पनि हालसम्म भेटाउन नसकिएको बताएको छ । ठेगाना गलत भएकोले खोजीमा अप्ठयारो भइरहेको बताउँदै खोजी कार्य भने जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?