मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौं – भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित हासिल गरेको छ । भारतले सोमबार चौथो टेस्ट ५ विकेटले जित हासिल गर्दै जारी सिरिजमा ३-१ को अग्रता हासिल गरेको छ र सिरिज पनि जितेको छ ।

इङल्याण्डले पहिला ब्याटिंग गर्दै ३५३ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ३०७ रन बनाएको थियो । त्यस्तै इङल्याण्ड दोस्रो इनिंगमा १४५ रनमा अल आउट भएपछि भारतले टेस्ट जित्न १९२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ५ विकेट गुमाएर पुरा गरेको छ ।

यस टेस्टमा इङल्याण्डका जो रुटले पहिलो इनिंगमा १२२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै भारतका लागि ध्रुव जुरेलले पहिलो इनिंगमा ९० रनको पारी खेलेका थिए । त्यसैगरी भारतका बलर आर आश्विनले इङल्याण्डलाई दोस्रो इनिंगमा १४५ रनमा अल आउट गर्ने क्रममा ५ विकेट लिएका थिए ।

यस सिरिजमा पहिलो टेस्ट इङल्याण्डले २८ रनले जितेको थियो भने त्यसपछिका तीन खेल भारतले जितेको छ । अब सिरिजको पाँचौं टेस्ट आगामी मार्च ७ देखि धर्मशालामा शुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?