मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ फिल्मका केही रोचक तथ्य

काठमाडौँ – भारतीय फिल्मको इतिहासमा सर्वाधिक लोकप्रिय र लामो समयसम्म फिल्म हलमा रिलिज भएको फिल्म हो ‘दिलवाले दुल्हनियाँ ले जाएंगे अर्थात ‘डीडीएलजे’ ।  

मुम्बईस्थित ‘मराठा मन्दिर’मा निरन्तर शो राखिएको यो फिल्म हेर्न कोरोना भाइरसको महामारी सुरु हुनु र भारतीय सिनेमाघरहरू बन्द हुनुअघिसम्म पनि दर्शक पुग्ने गरेका थिए । 

यशराज प्रोडक्सनको यो रोमान्टिक ड्रामा आदित्य चोपराको ‘डेब्यु निर्देशन’ समेत हो । शाहरुख खान र काजोलको मुख्य भूमिका रहेको यो फिल्मी भारतीय फिल्ममा अहिलेसम्मकै उत्कृष्ट रोमान्टिक फिल्मका रुपमा चित्रण गरिन्छ ।  

यहाँ हामी यसबारे केही रोचक तथ्यहरु प्रस्तुत गर्दैछौँ :

– फिल्मको नाम दिलवाले दुल्हनियाँ ले जाएंगे कलाकार किरण खेरले जुराएकी थिइन्। किरण खेर अनुपम खेरकी श्रीमती हुन्।

– फिल्ममा शाहरुखको नाम राज हुन्छ। निर्देशक आदित्य चोपराले चर्चित कलाकार राज कपुरबाट प्रभावित भएर त्यो राखेका थिए।

– चोपरा यो भूमिकामा पहिले शाहरुखलाई ल्याउन चाहेका थिएनन् । उनी हलिउड कलाकार ट्रम क्रुजलाई यो भूमिका दिन चहान्थे । त्यो सम्भव नभएपछि सैफ अलि खानलाई प्रस्ताव गरिएको थियो। तर, सैफले स्वीकार गरेनन् र शाहरुख अनुबन्धित भए। यसै फिल्ममार्फत शाहरूखको बलिउड यात्राले रफ्तार लिएको बताइन्छ।  

 – फिल्ममा फिल्म करण जोहर पनि पहिलो पटक स्क्रिनमा देखिएका छन्। उनी शाहरुखको साथीको भूमिकामा छन्।

– यो फिल्मको एक गीत ‘मेरे ख्वाबों में जो आए’ गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । काजोललाई चित्रण गरिएको यो गीतलाई गीतकार आनन्द बक्सीले लेखेका हुन् । यो गीत २३ पटक रिजेक्ट भएर २४औं पटक फाइनल भएको थियो ।

– यो फिल्मले हिन्दी सिनेमामा पहिरनको तरिका नै परिवर्तन गरिदिएको थियो । जसको ‘कष्ट्युम डिजाईनर’ मनीष मल्होत्रा थिए ।

– यसले १० ओटा विधामा फिल्मफेयर अवार्ड जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?