मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला २०० रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो । 

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाल १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

यसै गरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?