मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलमान भन्दा बढी पारिश्रमिक लिने यी नायिका, किन भईन बलिउडबाटै गुमनाम

काठमाडाैँ – बलिउडमा सलमान खान भन्दा बढी पारिश्रमिक लिने कोही अभिनेत्री हुनसक्छ ? जबकि फिल्म पनि सलमानकै नामले चल्ने आशामा होस् ।

तर तपाईँलाई यो थाहा पाएर आश्चर्य लाग्न सक्छ बलिउडमा यस्ती अभिनेत्री पनि थिइन जसले पहिलो फिल्ममा नै सलमानले भन्दा ज्यादा पारिश्रमिक लिएकी थिइन । यद्यपि उनी यो फिल्मपछि बिलउडबाटै गुमनाम नै भइन ।

उनी थिइन अभिनेत्री – ‘भाग्यश्री’ । जसले पहिलो फिल्म सलमानसँग गरेकी थिइन । ‘मैने प्यार किया’ सलमानको पनि पहिलो फिल्म थियो ।

जुन फिल्ममा यी दुई जनाको केमेस्ट्रीलाई दर्शकले खुब मन पराए । जसको कथावस्तु देखि गीत समेत चर्चाको शिखरमा रहे । भारतीय मिडियाहरूका अनुसार यो फिल्मका लागि भाग्यश्रीलाई १ लाख पारिश्रमिक दिइएको थियो ।

जहाँ सलमानलाई भने केवल तीस हजार । यद्यपि फिल्मलाई मिलेको सफलताको फाइदा उठाउन भाग्य श्री असफल रहिन भने अझै सलमान स्टारका रूपमा छन् । 

उनी बलिउड गुमनाम हुनुको एक खास कारण छ । भाग्यश्रीले आफ्ना बुबा आमाको विरुद्ध गएर १९ वर्षमै हिमालय दासानीसंग प्रेम विवाह गरिन ।

जुन समय ‘मैने प्यार किया’ सुटिङ भईरहेको थियो यो समय उनी गर्भवती थिइन । यसपछि उनले आफ्नो सारा ध्यान परिवारको रेखदेखमा लगाइन । छोरीको जन्मपछि दक्षिण भारतीय फिल्ममा भने उनी सक्रिय भइन ।

पछिल्लो समय उनी सलमान कै फिल्म ‘किसीका भाई किसी की जान’मा केमियो भूमिकामा देखिएकी थिइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?