मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री कंगना पुनः ‘क्वीन’ का रुपमा दर्शकमाझ आउने

बलिउड अभिनेत्री कंगना रनौत आफ्नो फिल्मका कारण चर्चामा छिन् । कंगना छिट्टै फिल्म ‘इमर्जेन्सी’ मा देखिदै छिन् । कंगनाले बलिउडलाई धेरै फिल्म दिएकी छिन् तर अभिनेत्रीको २०१४ मा आएको फिल्म ‘क्वीन’ बाट बलिउडमा पहिचान बनाउन सफल भएकी हुन् ।

यो फिल्मको अत्याधिक सफलतापछि दर्शक यसको सिक्वेलको प्रतिक्षामा छन् । फिल्मसँग सम्बन्धित सबै हल्लाका बीच निर्देशक विकास बहलले गत वर्ष यसको सिक्वेलमा काम गरिरहेको खुलासा गरेका थिए । अब फिल्मसँग जोडिएको नयाँ अपडेट सार्वजनिक भएको छ ।

दश वर्षअघि बक्स अफिसमा हिट साबित भएको फिल्म ‘क्वीन’को सिक्वेल आउने भएको छ । अभिनेत्री कंगना रनावत एकपटक पुनः ‘क्वीन’ का रुपमा दर्शकमाझ आउन लागेकी हुन् ।

फिल्ममा बिना विवाह एक्लै हनिमुनमा जाने युवतीको कथा समेटिएकोले धेरैको मन जितेको थियो । गत वर्ष मात्र निर्देशक बहलले आफूले ‘क्वीन’को सिक्वेलमा काम गरिरहेको स्वीकारेका थिए । ‘क्वीनले स्तरलाई निकै माथि पुर्याइदियो । तर मलाई यो भन्दा खुसी लागेको छ कि मैले वास्तवमै कथा पुरा गरे । यसकारण अब सिक्वेल बन्ने निश्चित नै भएको छ’, बहलले भनेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

आउँदो मार्च महिना बहलका लागि विशेष छ । स्रोतका अनुसार फिल्म टिमले ‘क्वीन’ रिलिज भएको मार्च ७ तारिखमा१० औँ वर्षगाँठ मनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?