मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रंग दे बसंती’ मा शाहिदले पाए यो अभिनेताको भूमिका, अस्वीकार गर्दा पछुतो !

काठमाडौं – बलिउड अभिनेता शाहिद कपूर फिल्म रंग दे बसन्तीमा आफुले अभिनय नगर्दा आज पछुतो मान्छन् । अभिनेता कपूरलाई राकेश ओम प्रकाश मेहराको फिल्म रंग दे बसन्ती मा अफर गरिएको थियो तर उनले फिल्म अस्वीकार गरे जसका कारण उनी आजसम्म पछुताउँछन् ।

आमिर खानको ‘रंग दे बसंती’ २००६ मा रिलीज भएको थियो र एक कल्ट क्लासिक फिल्म हो। राकेश ओमप्रकाश मेहरा निर्देशित फिल्म बक्स अफिसमा निकै सफल भएको थियो । हरेक पात्रले आफ्नो अभिनयले मानिसको मन जितेका छन् ।

शाहिद कपुरलाई पहिले ‘रंग दे बसंती’ मा भूमिकाको अफर गरिएको थियो तर उनले अस्वीकार गरे। अभिनेताले फिल्म गर्न नपाएकोमा आफूलाई पश्चाताप भएको बताए ।

फिल्मबारे शाहिदले आफूले अभिनय गर्न नपाएकोमा पछुताउँछु । उनी मलाई सिद्धार्थको भूमिकामा खेल्न चाहन्थे । म स्क्रिप्ट पढ्दा रोएँ र यो मन पर्यो तर दुर्भाग्यवश मैले त्यो समयमा काम गर्न सकिन।

यसअघि अभिषेक बच्चनले राकेश ओमप्रकाश मेहराले आफूलाई ‘रंग दे बसन्ती’को कथा सुनाएको तर उनले नबुझेको खुलासा गरेका थिए । अभिषेक बच्चनले राकेश ओम प्रकाश निकै नराम्रो कथाकार भएको बताएका छन् । स्क्रिप्ट सुनेपछि उनी अलमलमा परे । उनले कथा बुझेनन् र फिल्म अस्वीकार गरे।

शाहिदको वर्कफ्रन्टको कुरा गर्दा उनको फिल्म ‘तेरी बातों मे उल्झा जिया’ हलमा छ । यसमा उनको विपरित किर्ती सेनन छिन् । अन्य कलाकारमा धर्मेन्द्र, डिम्पल कपाडिया, राकेश बेदी, आशिष वर्मा र राकेश कुमार रहेका छन् । फिल्मले बक्स अफिसमा ७० करोडभन्दा बढीको घरेलु व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?