मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यो हो चर्चित गायिका लता मङगेसकरको धेरैलाई थाहा नभएको परिचय

काठमाडौँ– भारतीय सङ्गीत क्षेत्रको विकासमा गायिका लता मङगेसकरले अमुल्य योगदान गरेकी छिन् । गायिका मङ्गेसकरले आफ्नो सम्र्पुण जीवन भारतीय सङ्गीत क्षेत्रको विकासमा सर्मपित गरिदिइन् ।

भारतमा ‘स्वर कोकिला’को नामले चिनिने लोकप्रिय गायिका लता मङ्गेसकरका गीत नेपालमा पनि उत्तिकै गुन्जिन्छन् । उनले आफ्नो गीतसङ्गीतको करियरमा फरक फरक भाषामा थुप्रै गीतहरू गाएकी छिन् ।

भने अन्य थुप्रै नाम चलेका सङ्गीकारहरूसँग पनि उनले राम्रो सम्बन्ध स्थापित गरेकी थिइन् । सधैँ सङ्गीतकारहरूको रोजाइको गायिकामा पर्ने मङ्गेसकर पछि भने उनी आफै सङ्गीतकारको नामले चिनिन सफल भइन् । 

लता मङ्गेस्करको जन्म भारतको कला क्षेत्रसँग जोडिएको एक सामान्य परिवारमा भयो । उनका बुबा दीनानाथ मंगेशकर पनि शास्त्रीय गायक र थिएटर कलाकार थिए ।

तर उनको अकालमै मृत्यु भएको थियो । बुवाको मृत्यु भएपछि घरको सबै जिम्मेवारी उनकै काँधमा आयो । १३ वर्षकै उमेरमा आफ्नो साङ्गीतिक यात्रा सुरु गरेकी मङ्गेसकरको बुवाको अकालमै मृत्यु भएपछि उनको पहिलो गीत रिलिज हुन सकेन ।

बुवाको मृत्युपछि उनले घरपरिवार पाल्नको लागि पैसा कमाउनु धेरै जरुरी थियो । यसैबीच उनले एक फिल्ममा अभिनय गर्ने मौका प्राप्त गरिन् । १९४२ आएको उक्त फिल्ममा मराठी भाषाको एक गीत पनि गाएकी थिइन् ।

‘माता इस सपुत की दुनिया बदल दे तू’ वोलको गीत मङ्गेसकरले गाएको पहिलो हिन्दी गीत थियो । भारतीय चलचित्र उद्योगमा छिरिसकेपछि उनले अभिनय गर्नै पथ्र्यौ । सँगसँगै उनले गीत पनि गाउने गरिन् । तर सन् १९४९ मा आएको अशोककुमार को फिल्म महलमा समावेश भएको गीतले भने उनलाई चर्चाको शिखरमा पुर्‍याइदियो । 

लता मङ्गेसकर गायिका मात्र नभई सङ्गीत निर्देशक पनि थिइन् । तर उनले सङ्गीत निर्देशकको रूपमा आफ्नो पहिचान भने कसैसामु खुलाइनन् । उनी आफूलाई ‘आनन्दघन’ रूपमा परिचित गराएर फिल्महरूमा सङ्गीत दिने गर्थिन् । जुन नामको अर्थ हुन्थ्यो ‘आनन्दको बादल’ । यही नामका कारण उनलाई सङ्गीतकारका रूपमा कमैले चिन्ने गर्छन् ।

लता मंगेशकरले आफ्नो ७ दशक लामो करियरमा चार ओटा मराठी फिल्ममा सङ्गीत दिइन् ।  आफूलाई कसैले नचिन्ने गरी सङ्गीतकार बन्ने यिनको लक्ष्य थियो । 

भारतीय  मिडियाहरूका अनुसार उनी आफ्नो भाइ हृदयनाथ मंगेशकरसँग मिलेर सङ्गीतकारको काम गर्न चाहन्थिन तर उनका भाइले यो कुरा स्वीकार गरेनन् । त्यसपछि उनले सन् १९६३ मा आएको चलचित्र मोहित्यांची मञ्जुलाका लागि सङ्गीत दिइन् ।

सङ्गीतकार रूपमा उनले यो पहिलो पटक गरेकी थिइन् । त्यसपछि उनले ‘मराठा तितुका मेलावा’, ‘साधि मानसन’ र ‘ताम्बडी माती’ जस्ता चलचित्रमा सङ्गीत दिइन् ।

उनका मराठी गीतहरू दर्शकस्रोताहरुले अत्यधिक मन पराउने गर्थे । उनले जब ऋषिकेश मुखर्जीको फिल्म ‘आनन्द’मा सङ्गीत दिने मौका पाए पनि आफ्नो घरायसी  व्यस्तताका कारण काम गर्न नसकेपछि उनले यो काम छाडेकी थिइन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?