काठमाडौँ – वरिष्ठ सङ्गीतकर्मी लक्ष्मीप्रसाद जोशी (एलपी जोशी) को निधन भएको छ ।
नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका जोशीको बिहीबार राति ८ः३० बजे दमकस्थित लाइफलाइन हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बेलुकी परिवारसँग खाना खाएका जोशी सामान्य अवस्थामा रहेकोमा अकस्मात् बिरामी परेर निधन भएको जनाइएको छ । उनलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए । उनले ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो जस्ता लोकप्रिय लोक गीतहरू गाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया