मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिम्खडालाई ‘नइ देरुनिख प्रदिप्ति पुरुस्कार’ प्रदान गरिने

काठमाण्डौँ– नेपाली भाषाको माध्यमवाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा योगदान दिएवापत शैलेन्द्र सिम्खडालाई यस वर्षको ‘नइ देरुनिख प्रदिप्ति पुरुस्कार’ प्रदान गरिने भएको छ ।

साठी हजार रुपैयाँ राशी रहेको यो पुरुस्कार उनलाई नई प्रकाशनले प्रदान गर्न लागेको हो । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा शुक्रवार बसेको समिति बैठकले यो निर्णय गरेको हो ।

यसैगरी राजधानी वाहिर बसेर नेपाली भाषा साहित्यको श्रीकृद्धिका लागि योगदान गरेका झापाकी रीमा पाण्डे ‘मिनी’ नइ बुलु शर्मा पुरुस्कार प्रदान गरिने भएको छ । उक्त पुरुस्कार पचास हजार रुपैयाँ राशीको रहेको छ ।

यस्तै प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा. साधना प्रतीक्षालाई पचास हजार रुपैयाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ प्रदान गरिने भएको छ ।

मिस नेवा नितु डैगाललाई पनि साहित्य, कला र संस्कृतिको संवर्धन गर्न क्रियाशील रहेको भन्दै २५ हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने नइ प्रकाशनले जनाएको छ ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ सालमा स्थापना भएको नइ प्रकाशनले हरेक वर्ष प्रतिभाशाली व्यक्तिहरुलाइ ‘नइ पुरुस्कार’ प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?