मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपीएल मार्च २२ देखि शुरु हुने, उद्घाटन खेल चेन्नई र बैंगलोरबीच हुने

काठमाडौं – यस बर्षको इण्डियन प्रिमियर लिग ‘आइपीएल ‘ आगामी मार्च २२ देखि शुरु हुने भएको छ । आइपीएलले बिहीबार शुरुवाती २१ खेलको खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेल मार्च २२ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने जानकारी दिएको छ ।

आइपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्ने भएको छ ।

आइपीएल मार्च २२ मा शुरु भएर लगभग मे २६ मा सकिने भएको छ । फाइनलको मिति भने अहिले तय गरिएको छ । सोहि समयमा भारतमा आम निर्वाचन हुने भएकाले आइपीएलको तालिका आंशिक रुपमा मात्र सार्बजनिक गरिएको बताइएको छ ।

त्यस्तै मार्च २३ मा पञ्जाव किंग्स र दिल्ली क्यापिटल्स तथा कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावाद खेल्दै छन् । त्यसैगरी मार्च २४ मा राजस्थान रोयल्सले लखनउ सुपरजाइन्टको सामना गर्ने छ भने मुम्बई इण्डियन्सले गुजरात टाइटन्सको सामना गर्दै छ ।

आइपिएलमा चेन्नई सुपरकिंग्स, मुम्बई इण्डियन्स, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, लखनउ सुपरजाइन्ट, रोयल च्यालेन्जर्स बैंगलोर, सनराइजर्स हैदरावाद, पञ्जाव किंग्स र कोलकोता नाइटराइडर्स गरी १० फ्रेन्चाइजी खेल्दै छन् । यस बर्षको आइपिएलमा प्लेअफका चार खेलसहित कुल ७४ खेल खेलिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?