मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दीपले जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न पाउने

काठमाडौं – बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । सन्दीपले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन दिएसँगै उनी तत्काल जेल जानु नपर्ने भएको छ ।

कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका छन् । उच्च अदालतमा सन्दीपको पुनरावेदन दर्ता भएको छ ।

मुद्दा दर्तासँगै उच्च अदालतका रजिस्टारले उनलाई जेल बाहिर बसेर मुद्दा लड्न अनुमति दिएको स्रोतले बतायो । निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?