मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सकियो राष्ट्रिय बाल नाटक महोत्सव, ‘आधीँको मनोरम नृत्य’लाई उत्कृष्ट नाटक उपाधि


काठमाडौँ– १५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८० सम्पन्न भएको छ । कमलपोखरीस्थित रूसी सदनमा शैली थिएटरले फागुन २ गतेबाट शुरू गरेको महोत्सव बुधबार सम्पन्न भएको हो ।

महोत्सवमा नाटक प्रतियोगिता अन्तर्गत माउण्ड हार्मेन चिल्ड्रेन एकेडेमी मोरङको नाटक ‘आँधीको मनोरम नृत्य’ले उत्कृष्ट नाटकको उपाधि जितेको छ । घिमिरे युवराजले लेखेको नाटकलाई प्रेम प्रसाद खतिवडाले निर्देशन गरेका छन् ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट नाटक निर्देशकका रूपमा एलिट ग्रान्ड स्कुल चुच्चेपाटी चावहिलको नाटक ‘अनिश्चित सोच’ बाट इच्छा सिंह पुरस्कृत भइन् । महोत्सवमा नाटक विधा तर्फ अनुशासन पुरस्कार होली एन्जल पब्लिक स्कुल गोकर्णेश्वरको नाटक ‘हेप्पी बर्थडे’ले पाएको छ । बाल नाटक प्रोत्साहन पुरस्कार यू वेष्ट प्वाइन्ट आ.मा.वि.को नाटक ‘विकाससँगै विकृति’ले पाएको छ ।

नाटक विधा उत्कृष्ट अभिनेत्री तर्फ ब्राइट फ्युचर सेकेन्डरी स्कुलको नाटक ‘ढुङ्गाको खिचडी’बाट दिव्यान्का ओझा पुरस्कृत भइन् भने अभिनेता तर्फ आकाशगंगा इन्टरनेसनल स्कुलको नाटक ‘मुकुट’बाट यमन नगरकोटी पुरस्कृत भए ।

त्यस्तै, वेष्ट ओरिजिनल राईटिङ अवार्डबाट काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘फुलको भाषाले पायो भने वेष्ट कल्चरल अवार्ड रेडस्टार बोर्डिङ स्कुल मोरङको नाटक ‘हेत्छाकुप्पा’ले पाएको छ ।

बेष्ट भोलिन्टियर चोइस अवार्ड लोयला सेकेन्डरी स्कुलको नाटक ‘देवकी’ले हात पार्‍यो। बेष्ट इन्सेम्बल अवार्ड निसर्ग बाटिकाको नाटक ‘ड्याम भर्सेस ममु’ले पाएको छ । उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा किशोर अनुराग र बाबा बस्नेत थिए ।

विजेता सबैलाई रंगकर्मी अशेष मल्लले सम्मान गरेका थिए । महोत्सव मार्फत् विद्यार्थीमा भएको नाट्य प्रतिभा सधैं अमर रहने विश्वास मल्लले व्यक्त गरे । महोत्सवमा विभिन्न प्रतियोगि तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका थिए ।

विगत १५ वर्षदेखि विभिन्न संघ-संस्थाहरूको सहकार्यमा शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आईरहेको छ । यो वर्ष शैलीसँगै रूसी सदन, संस्थागत विद्यालय एसोसिएसन नेपाल तथा ओजस थिएटर एण्ड फिल्म स्टुडियोको आयोजना तथा चलचित्र विकास बोर्डको विशेष सहकार्यमा नाटक महोत्सव सम्पन्न गरिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?